
काठमाडौँ — बाढी र पहिरोका कारण मुलुकका १० वटा प्रमुख राजमार्ग पूर्ण रूपमा बन्द भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार, सङ्खुवासभाको कोशी राजमार्ग, पाँचथरको मेची राजमार्ग, रसुवाको पासाङ ल्हामु राजमार्ग, मकवानपुरको कान्ति लोकपथ, म्याग्दीको दरवाङ सडक, नवलपरासीको पूर्वपश्चिम राजमार्ग, डोल्पाको भेरी करिडोर, रुकुमपश्चिमको जाजरकोट–डोल्पा–भेरी करिडोर र बझाङको जयपृथ्वी राजमार्ग अवरुद्ध छन्।
यसैगरी, बनेपा–नाला–भक्तपुर सडक, बागलुङको कालीगण्डकी करिडोर, गुल्मी र रोल्पाको सहिद राजमार्ग एकतर्फी सञ्चालनमा छन्। यी क्षतिका कारण यातायात सेवामा ठूलो असर परेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे