
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले आज सरकारलाई दिएको समर्थन औपचारिक रूपमा फिर्ता लिने निर्णय गरेको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई बिना पूर्वसूचना बर्खास्त गरेपछि नाउपा आन्तरिक छलफलमा जुटेको थियो।
पार्टी अध्यक्ष श्रेष्ठले मन्त्री हटाउने निर्णयप्रति गम्भीर असन्तोष व्यक्त गर्दै त्यसलाई असंवैधानिक, अपमानजनक र लोकतान्त्रिक मूल्यहरूविरुद्धको हमला बताएकी छिन्। उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै यो कदम सत्ता घमण्ड र मनपरीको प्रतिफल भएको उल्लेख गरेकी छन्।
श्रेष्ठका अनुसार मन्त्रीको बर्खास्ती पार्टी र तिनका निर्वाचित प्रतिनिधिमाथिको बेइज्जती हो, जसले सम्पूर्ण पार्टीको गरिमा प्रभावित गरेको छ।
यस घटनालाई दृष्टिगत गर्दै नाउपाले अब प्रतिपक्षको भूमिकामा बस्ने निर्णय गरिसकेको छ। पार्टीका ४ जना संघीय सांसद र विभिन्न प्रदेशहरूमा गरी १२ जना सांसद छन्। अध्यक्ष श्रेष्ठले पार्टीको उपस्थिति केवल संख्यामा सीमित नभई उत्पीडित समुदायको आवाजको प्रतिनिधित्व पनि भएको उल्लेख गरेकी छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे