
काठमाडौं, असार १९ । नेकपा ९एकीकृत समाजवादी० नेतृ रामकुमारी झाँक्रीले अध्यक्ष माधवकुमार नेपालविरुद्ध बोलेको भन्दै आफूलाई स्पष्टीकरण सोधिएको भन्ने कुरा असत्य भएको बताएकी छन्। पार्टी कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले कुनै औपचारिक स्पष्टीकरण माग नभएको स्पष्ट पारिन्। बुटवलमा ‘मरेको सिनो काँधमा बोकेर हिँड्न सकिन्न, अध्यक्ष फेरौं’ भन्ने अभिव्यक्तिपछि पार्टीभित्र विवाद चुलिएको थियो। महासचिव घनश्याम भुसालले पनि सावधानीपूर्वक बोल्न सुझाव दिएका थिए। तर झाँक्रीले केही पदाधिकारीले मिडियामार्फत हल्ला फैलाएको र आफूले सचिवालय बैठकमै उपस्थित भएर निवेदन दिन आएको बताइन्। पार्टीलाई घाटा नहोस् भन्ने उद्देश्यले सार्वजनिक प्रतिक्रिया नदिएको उनको भनाइ छ।
उनले भनिन्, ‘केही शक्तिशाली पदाधिकारीहरूले मिडियामा स्पष्टीकरण सोध्नुभएको रहेछ । मलाई त सोधिएको छैन । टेलिभिजनमा स्पष्टीकरण सोधिन्छ, पार्टीबाट निकालिन्छ भन्ने सुनेको थिएँ, मैले बोलेको कन्टेनको हिसाबले, १५ गते यसबारे कुनै क्रिया, प्रतिक्रिया नदिनु भनेर निर्देशन पनि जारी गरेको थियो । त्यो निर्देशनपछि उहाँहरूलाई प्रोत्साहन गरेको जस्तो बोलिरहनुभएको छ । पार्टीलाई घाटा नहोस् भनेर सचिवालय बैठकमै दिन्छु त्यसका लागि बोलाउनुस् भनेर निवेदन दिन आएकी हुँ ।’
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे