
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आगामी शनिबार युरोपेली मुलुक स्पेनको औपचारिक भ्रमणमा जाँदैछन्। असार १६ देखि १९ गतेसम्म हुने ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा भाग लिन उनी स्पेन जाँदै छन् । भ्रमणका क्रममा प्रधानमन्त्रीले स्पेनी समकक्षीसँग भेटवार्ता गर्नेछन् भने नेपाल–स्पेनबीच सहमतिपत्रमा हस्ताक्षर हुने दूतावासले जनाएको छ।
प्रधानमन्त्री ओलीले नेपाली समुदाय र स्पेनका उद्योगी–व्यवसायीसँग पनि अन्तक्र्रिया गर्ने कार्यक्रम छ। भ्रमणको तयारी पूरा भइसकेको र नेपाली समुदाय उत्साहित रहेको स्पेनका लागि नेपाली राजदूत शनिल नेपालले जानकारी दिए।
पश्चिम युरोपको संवैधानिक राजतन्त्रात्मक शासन व्यवस्था भएको स्पेनको जनसङ्ख्या करिब ४।७ करोड छ। युरोपेली सङ्घ र सेन्जेन सदस्य भएको स्पेनमा करिब २० हजार फुटबल क्लब छन् र स्पेनिस भाषा विश्वको चौथो सबैभन्दा धेरै बोलिने भाषा हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे