
काठमाडौँ । इजरायल र इरानबीच बढ्दो तनावका कारण ती देशमा रहेका नेपाली नागरिकको उद्धारका लागि नेपाली दूतावासले फारम खुला गरेको छ। दूतावासले विशेष सूचना जारी गर्दै ती देशमा रहेका नेपाली नागरिकलाई आफू बसेको स्थान, अवस्था र आवश्यक विवरण उल्लेख गरी अनलाइन फारम भरिदिन अनुरोध गरेको छ।हाल इजरायलमा करिब ५५० र इरानमा १२ जना नेपाली रहेका छन् ।
हाल इजरायल र इरान दुबै देशमा सयौं नेपाली कामदार तथा विद्यार्थी रहेका छन्। युद्धको सम्भावना बढिरहेका बेला उनीहरूको सुरक्षालाई ध्यान दिँदै सरकार सक्रिय बनेको हो।
परराष्ट्र मन्त्रालयले इजरायलस्थित नेपाली दूतावासमार्फत आवश्यक तयारी सुरु गरिसकेको जानकारी दिएको छ। उद्धार आवश्यक परे विमानको व्यवस्था गर्ने प्रक्रिया पनि अघि बढाइएको छ।
सरकारले सम्बन्धित परिवारहरूलाई संयमित रहन आग्रह गर्दै आफ्ना आफन्तहरूको अवस्था बारे जानकारी लिन दूतावास वा मन्त्रालयको सम्पर्कमा रहन अनुरोध गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे