
काठमाडौँ । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई बिनाशर्त आत्मसमर्पण गर्न दिएको चेतावनीको जवाफमा इरानले कडा प्रतिक्रिया दिएको छ। इरानी नेताहरूले स्पष्ट रूपमा भनेका छन्, “युद्ध सुरु भइसकेको छ, अब पछाडि फर्कने विकल्प छैन।”
इरानका सर्वोच्च नेता आयतोल्ला अली खामेनीले इजरायलसँग कुनै पनि किसिमको सम्झौता नहुने बताएका छन्। उनले इजरायललाई “नैतिक रूपमा पतित र खतरनाक” राष्ट्र भन्दै अन्तर्राष्ट्रिय समुदायले अब चुप लागेर बस्न नहुने चेतावनीसमेत दिए।
तेहरानबाट सार्वजनिक भएको वक्तव्यमा इरानले आफूहरू आत्मरक्षा मात्र गरिरहेको र यदि इजरायल वा अमेरिका बाट थप आक्रमण भए कडा जवाफ दिने उल्लेख छ। डोनाल्ड ट्रम्पले केही दिनअघि इरानलाई बिनाशर्त आत्मसमर्पण गर्न सार्वजनिक अपील गरेका थिए, जुन इरानले युद्धको घोषणा सरह मानेको हो।
यसबीच, मध्यपूर्वमा थप सैन्य तयारी बढेको देखिएको छ। अन्तर्राष्ट्रिय समुदायले दुबै पक्षलाई संयमता अपनाउन आह्वान गरे पनि स्थिति दिनप्रतिदिन तनावपूर्ण बन्दै गएको छ। इरान–इजरायल सम्बन्धमा कटुता बढ्दै जाँदा नयाँ युद्धको खतरा झन् गहिरिँदै गएको विश्लेषकहरूले बताएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे