
काठमाडौँ । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् । उनी तीनकुने घटनाका आरोपी रहेका छन् । हाजीरी जमानीमा रिहा भएका उनी प्रहरीको सम्पर्कबाहिर थिए । चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको आन्दोलनमा मिश्रविरूद्ध जेठ ११ गते सरकारी वकिलको कार्यालय काठमाडौंले राज्यविरूद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराध कसुरमा मुद्दा दायर भएको थियो।
राप्रपाकै महामन्त्री शवलशम्शेर राणा सोमबार अदालतमा उपस्थित भएर ३ लाख धरौटीमा छुटेका छन् । सोही घटनाका योजनाकार प्रसाईंसहित ७ जनालाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको थियो। बाँकीलाई पुर्पक्षको लागि धरौटी माग गर्ने आदेश भएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे