
काठमाडौँ । परराष्ट्रमन्त्री डा। आरजु राणा देउवाले नेपाल रिपब्लिक मिडियाकी निर्देशक शोभा ज्ञवालीलाई धम्की नदिएको बताएकी छन् । उनले नागरिक दैनिकमा प्रकाशित समाचारप्रति आश्चर्य व्यक्त गर्दै ज्ञवालीसँगको टेलिफोन कुराकानीलाई तोडमोड गरी समाचार प्रकाशन गरिएको आरोप लगाएकी छन्। राणाले स्वकीय सचिव कमल रावलको ह्वाट्सएप नम्बरबाट ज्ञवालीलाई दिउँसो १ः५३ बजे फोन गर्दै नेपाल रिपब्लिक मिडिया र यसका सञ्चालकहरूलाई धराशयी गराइदिने चेतावनी दिएको भन्ने समाचार प्रकाशित भएको थियो ।
राणाले आफनो परिवारलाई बदनाम गराउने दुसित मनासय सहित सामाजिक संजालमा आएको एक तथ्यहीन र भ्रामक भिडियो र त्यसको न्यायिक निरुपणमा बारेमा उनीसँग कुराकानी भएको फेसबुक पोस्टमार्फत बताएकी छन् । उक्त भ्रामक र तथ्यहीन भिडियो प्रसारण गर्ने संस्था कुनै पनि सरकारी निकायमा दर्ता समेत नभएको थाहा पाएपछि प्रेस काउन्सिल मार्फत प्रक्रिया सुरु गर्न नमिलेर हामीले राज्यको कानुन अनुसार नै न्याय खोजेका हौँ उनले बताएकी छन् । उनले उक्त भ्रामक भिडियो पोष्ट गर्ने विरुद्द अदालतले पक्राउ पूर्जी जारी गरेको छ र कानुनले जे सजायँ दिन्छ हामीले पनि त्यसैलाई अनुसरण गर्ने बताएकी छन् ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे