
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टेस्ला र एक्स (पहिलेको ट्विटर) का मालिक एलन मस्कको माफी स्वीकार गरेको ह्वाइट हाउसले पुष्टि गरेको छ। राष्ट्रपति ट्रम्पका प्रेस सचिव क्यारोलिन लेभिटले बुधबार पत्रकारहरूसँग कुरा गर्दै भनिन्, “राष्ट्रपतिले मस्कको पोस्टको प्रशंसा गर्नुभएको छ। हामी अब देशका जनताको हितमा केन्द्रित छौं ।” गत साता ट्रम्प र विश्वकै धनी व्यक्तिमध्ये एक मस्कबीच सामाजिक सञ्जालमा तीव्र विवाद भएको थियो। त्यसक्रममा ट्रम्पले मस्कसँग सम्बन्ध सुधार गर्ने कुनै इच्छा नरहेको पनि बताएका थिए।
तर बुधबार बिहान मस्कले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै गत साता ट्रम्पप्रति आफूले गरेका केही टिप्पणीप्रति खेद व्यक्त गरे। ती टिप्पणीले ट्रम्पलाई प्रतिकूल प्रतिक्रिया दिन प्रेरित गरेको उनको भनाइ थियो।मस्क एक समय ट्रम्प प्रशासनका नजिकका सल्लाहकार थिए। संघीय खर्च कटौती र सरकारी कामदारको संख्या घटाउने अभियानमा उनले महत्त्वपूर्ण भूमिका खेलेका थिए। तर टेस्ला प्रमुखको प्रशासनबाट बाहिरिएसँगै उनीहरूबीचको सम्बन्ध चिसिएको थियो।जुन ९ मा मस्क र ट्रम्पबीच फोन वार्ता भएको थियो। यसअघि जुन ६ मा उपराष्ट्रपति जेडी भान्स र ह्वाइट हाउसका चिफ अफ स्टाफ सुसी विल्सले मस्कसँग संवाद गरेका थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे