अस्पतालमा उपलब्ध जनशक्ति, उपकरण र स्रोत साधनको राम्रो प्रयोग कसरी गर्ने भन्नेबारे सुझाव दिन कार्यदललाई जिम्मा दिइएको छ। साथै फार्मेसी, रेडियोलोजी, प्याथोलोजी र अर्थोपेडिक्सजस्ता सेवा सुधार र उपकरणको अवस्था मूल्याङ्कन गरेर सुधार उपाय दिन पनि भनिएको छ।
अस्पतालमा भएका आर्थिक र प्रशासनिक समस्याको समाधान र डिजिटल प्रविधिमा देखिएका कठिनाइको बारेमा पनि सुझाव दिन कार्यदलले काम गर्नेछ।
मन्त्री पौडेलले बिग्रिएका धेरै उपकरणहरू कम खर्चमा मर्मत गर्न महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रमार्फत सहजीकरण गरेका थिए, जसका कारण अहिले ती उपकरण फेरि चल्न थालेका छन्।
उनको पहलमा अस्पतालमा दुई सिफ्टमा ओपीडी सेवा सुरु गरिएको छ र सीटी स्क्यान, एमआरआई सेवा पनि प्रभावकारी रूपमा चलिरहेको छ। अनलाइन टिकट प्रणाली सुरु भइसकेको छ। अस्पताल निर्देशक डा. दिलिप शर्माले कार्यदलका सुझाव लागू गरिने बताएका छन्।








