
काठमाडौँ, २७ वैशाख — भारतले शुरू गरेको ‘अपरेशन सिन्दूर’ को जवाफमा पाकिस्तानले सैन्य प्रतिआक्रमण थालेको छ। पाकिस्तानी सेनाले यस कारबाहीलाई ‘बुनयान–उल–मरसूस’ नाम दिँदै बदला स्वरूप अगाडि बढाएको हो। पाकिस्तान सेनाका प्रवक्ता मेजर जनरल अहमद शरीफले एक टेलिभिजन अन्तर्वार्तामा भारतका तीन वायुसेना अड्डामा भएको मिसाइल आक्रमणबाट सबै संरचना सुरक्षित रहेको दाबी गरेका छन्।
पाक सेनाको जनसम्पर्क शाखा आईएसपीआरले भारतको आक्रमणपछि आफूहरूले जवाफी कारबाही थालेको जनाएको छ। अलजजिराको रिपोर्ट अनुसार पाकिस्तानले भारतको उधमपुर वायुसेना बेस, पठानकोट एयरफिल्ड र पञ्जाबस्थित ब्यास सहरमा रहेको ब्रह्मोस मिसाइल डिपोमा हमला गरेको दाबी गरेको छ।
पाकिस्तानी सुरक्षा निकायहरूले भारतले पनि पाकिस्तानको रावलपिन्डीस्थित नूर खान एयरबेस, चकवालको मुरीद बेस र झांग जिल्लाको रफीकी बेसमा मिसाइल प्रहार गरेको जानकारी दिएका छन्।
अलजजिराले उद्धृत गरेका सैन्य स्रोतहरूका अनुसार पाकिस्तानले भारतको उधमपुर र पठानकोटका संवेदनशील ठूला वायुसेना आधारहरूलाई निशाना बनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे