
काठमाडौँ, वैशाख २४ – स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) को आगामी शनिबारका लागि निर्धारित निर्वाचनमा अध्यक्ष पदका लागि रामशरण ढकाल र उमेश कुश्वारबीच प्रतिस्पर्धा हुने पक्का भएको छ।
मंगलबार साँझसम्म सम्पन्न मनोनयन दर्ता प्रक्रियामा अध्यक्ष पदमा हालका सल्लाहकार ढकाल र वरिष्ठ उपाध्यक्ष कुश्वारले उम्मेदवारी दर्ता गराएका हुन्। निर्वाचन अधिकृत तुलसी काफ्लाका अनुसार कुल २७ जनाले विभिन्न पदका लागि उम्मेदवारी दर्ता गराएका छन्।
फेकनको कार्यसमितिका अन्य पदहरूमा पनि उत्साहजनक प्रतिस्पर्धा देखिएको छ। उपाध्यक्ष पदका लागि ५ जना, महासचिवका लागि २ जना, सचिवका लागि ३ जना, कोषाध्यक्षका लागि २ जना, सह–कोषाध्यक्षका लागि १ जना र सदस्य पदका लागि १२ जनाले उम्मेदवारी दिएका छन्।
निर्वाचन समितिका अनुसार उम्मेदवारहरूका नाममा दाबी–विरोध वैशाख २४ गतेसम्म गर्न सकिनेछ भने उम्मेदवारी फिर्ता गर्ने अन्तिम म्याद वैशाख २६ गते तोकिएको छ। सोही दिन दिउँसो १२ बजे उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरिने छ।
यदि कुनै पदमा सर्वसम्मति नजुटेमा वैशाख २७ गते मतदानमार्फत नयाँ नेतृत्व चयन गरिने निर्वाचन समितिले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे