
काठमाडौँ , १८ वैशाख । अब स्वास्थ्य बीमा गर्ने नागरिकले आफू बसेकै ठाउँमा प्रथम सेवा बिन्दु (प्रस्थान बिन्दु) कायम गरी सेवा लिन सक्ने भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको प्रस्तावअनुसार नियमावली संशोधन गरी मन्त्रिपरिषद्ले स्वीकृति दिएको हो।
यसअघि बीमा गरेको ठाउँमा नै गएर रेफर लिनुपर्ने झन्झट हटाउने उद्देश्यले यो व्यवस्था गरिएको हो। अब नागरिकले जहाँ छन्, त्यहीँबाट सेवा सुरु गर्न सक्नेछन्। साथै, पहिले बीमा गरेपछि सेवा लिन तीन महिना कुर्नुपर्ने थियो, तर अब एक महिनामै सेवा उपलब्ध हुने भएको छ।
मन्त्री पौडेलका अनुसार, बीमालाई व्यवहारिक र सहज बनाउन यो संशोधन गरिएको हो। अब स्थानीय तहमा उपलब्ध स्रोतअनुसार सबै ठाउँमा प्रथम सेवा बिन्दु स्थापना हुनेछ। यसले आधारभूत स्वास्थ्य सेवामा पहुँच सजिलो बनाउने र टाढा जानुपर्ने बाध्यता अन्त्य गर्ने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे