
काठमाडौँ, १७ वैशाख — सरकार र आन्दोलनरत शिक्षक महासंघबीच भएको वार्ता सकारात्मक दिशामा अघि बढेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तका अनुसार, शिक्षक महासंघसँग हिजो राति भएको वार्ता रचनात्मक रहेको र सकेसम्म चाँडै निष्कर्षमा पुर्याउने प्रयास भइरहेको छ।
वार्ता हिजो राति ८ बजे सुरू भई साढे १० बजेसम्म चलेको थियो। वार्तामा मन्त्री पन्तसँगै उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गृहमन्त्री रमेश लेखकको सहभागिता थियो। महासंघतर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदीको नेतृत्वमा शिक्षक प्रतिनिधिहरू सहभागी थिए।
शिक्षक महासंघले विभिन्न माग राख्दै गत चैत २० गतेदेखि आन्दोलन जारी राखेको छ, जसका कारण शैक्षिक सत्र २०८२ को सुरुवातदेखि नै देशभरका सामुदायिक विद्यालयहरूमा पठनपाठन प्रभावित भएको छ। सरकार र महासंघबीच आज पुनः वार्ता हुने तय भएको छ। वार्ताले सहमति खोज्ने प्रयासलाई अझ अघि बढाउने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे