
काठमाडौँ , १६ वैशाख । — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले सरकारले अहिलेसम्म नयाँ शिक्षा ऐन ल्याउन नसक्नु सरकारको कमजोरी भएको बताएका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै शाहीले २०२८ सालमा आएको पुरानो शिक्षा ऐन अझै कायमै रहेकोमा गम्भीर आपत्ति जनाए।
उनले भने, “पटक–पटक व्यवस्था फेरियो, सरकार फेरिए, तर एउटा नयाँ शिक्षा ऐन ल्याउन सकेन। यस्तो सरकारले देश चलाउँछु भन्नु अब सपना मात्रै हो।”
सांसद शाहीले सरकारी कर्मचारीले राजनीति गर्न नपाउने स्पष्ट व्यवस्था नहुँदासम्म शिक्षा प्रणाली सुधार नहुने दाबी गरे। उनले सबै राजनीतिक भातृ संगठनहरू खारेज गर्नुपर्ने मागसमेत गरे।
“आज शिक्षकदेखि विद्यार्थीसम्म सबै पार्टीगत संगठनमा आबद्ध छन्। सरकारी कर्मचारीले राजनीति गर्नु हुँदैन। त्यो बन्द नगरेसम्म शिक्षा अघि बढ्न सक्दैन,” उनले भने।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे