
काठमाडौँ , ५ वैशाख । विश्व सम्पदा दिवस आज नेपालमा समेत विविध कार्यक्रमका साथ मनाइँदैछ। हरेक वर्ष अप्रिल १८ तारिखका दिन यो दिवस मनाइन्छ । यसको उद्देश्य विश्वभरिका सांस्कृतिक तथा प्राकृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जनचेतना फैलाउनु हो। नेपालमा पनि युनेस्को सूचीमा सूचीकृत सम्पदास्थलहरू जस्तै पशुपतिनाथ मन्दिर, स्वयम्भूनाथ, भक्तपुर दरबार स्क्वायर, लुम्बिनी लगायतका स्थानहरूमा सरसफाइ, दीप प्रज्वलन, जनचेतनामूलक ¥याली र अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको छ।
यस अवसरमा आज बिहान राजधानीमा सम्पदा पदयात्रा गर्न लागिएको पुरातत्व विभागले जनाएको छ । विभाग, काठमाडौँ महानगरपालिका हनुमानढोका दरबार संरक्षण कार्यक्रम, हनुमानढोका दरबार हेरचाह अड्डा, श्री स्वयम्भू संरक्षण तथा व्यवस्थापन महासमिति, नेपाल सम्पदा सङ्घ तथा बागमती प्रदेश हस्तकला सङ्घको आयोजनामा पदयात्रा गर्न लागिएको विभागका प्रमुख पुरातत्व अधिकृत सन्दीप खनालले राससलाई जानकारी दिए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको उपस्थिपतिमा हुने पदयात्रामा संस्कृतिकर्मी एवं सांस्कृतिक संस्थाको पनि सहभागिता रहने जनाइएको छ ।
नेपालजस्तो भूकम्प प्रवण देशमा सम्पदाको संरक्षण चुनौतीपूर्ण भए तापनि ऐतिहासिक र सांस्कृतिक पहिचान जोगाउन यस्तो दिवसले सकारात्मक प्रभाव पार्ने विज्ञहरू बताउँछन्। विश्व सम्पदा दिवसले सम्पदाको महत्त्वबारे जनचेतना फैलाउने र यसको दीगो संरक्षणतर्फ सबैको ध्यान केन्द्रित गराउने विश्वास लिइन्छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे