
काठमाडौँ , ३ वैशाख । काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा आज बिहान ४:०५ बजे भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको केन्द्रविन्दु चीनको डिङ्जे क्षेत्रमा थियो र यसको म्याग्निच्युड ५.० थियो।
पछिल्ला दिनमा जाजरकोटका विभिन्न स्थानमा पनि लगातार भूकम्प आएका छन्। मंगलबार बिहान ४:५३ बजे जाजरकोटको कुशे गाउँपालिका–पैंक केन्द्रविन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गयो। यसअघि सोमबार राति पनि त्यही स्थानमा ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो। चैत २१ गते सोही स्थानमा ५.२ र ५.५ म्याग्निच्युडका दुई भूकम्प गएका थिए, जसले केही घरमा सामान्य क्षति पुर्यायो। चैत २० गते दार्चुलामा र चैत १२ गते हुम्लामा पनि क्रमशः ४.० र ४.५ म्याग्निच्युडका भूकम्प गएका थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे