
काठमाडौँ, वैशाख १ । आज विक्रम संवत् २०८२ को वैशाख १ गते नयाँ वर्षको अवसरमा देशभर हर्षोल्लासपूर्वक शुभकामना आदानप्रदान भइरहेको छ। सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने यो दिनलाई “मेष सङ्क्रान्ति” वा “वैशाख सङ्क्रान्ति” भनिन्छ। सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको र यसलाई विक्रमादित्यसँग जोडिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष माधव भट्टराई बताउनुहुन्छ।
सौरमान र चान्द्रमानको समन्वय भएको यो संवत् वैज्ञानिक मानिन्छ। कलि युग सुरु भएको ३,०४४ वर्षपछि विक्रम संवत् सुरु भएको हो। यस दिन विगत वर्षको समीक्षा गर्दै नयाँ योजना, सङ्कल्प गर्ने, नुहाउने, घर सफा गर्ने, मन्दिरमा पूजा गर्ने र मिठा परिकार खाई एक-अर्कासँग शुभकामना साट्ने चलन छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे