
काठमाडौं ,२९ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सभापति रवि लामिछानेले आफूलाई थुनामा पठाउने उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेशविरूद्ध सर्वोच्च अदालतमा निवेदन दर्ता गराएका छन्। स्रोतका अनुसार लामिछानेले आज आफ्नो कानून व्यवसायीमार्फत निवेदन दर्ता गराएका हुन् ।
बुटवलको सुप्रिम सहकारी ठगी र सङ्गठित अपराधको मुद्दामा यसअघि रुपन्देही जिल्ला अदालतले रविलाई १ करोड धरौटीमा छाडेको थियो । धरौटी खारेज र साधारणा तारेखमा छाडिनुपर्ने माग गर्दै उनी गत फागुन २६ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलास पुगेका थिए। तर, इजलासले गत चैत २३ गते थुनामा पठाउने निर्णय गर्यो।सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई चैत २२ गते अदालतले थुनामा पठाउन आदेश दिएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे