
काठमाडौँ , २६ चैत ।चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनमा पक्राउ परेका रविन्द्र मिश्रसहित २० जनालाई १५ दिन हिरासतमा राख्न म्याद थप भएको छ। मंगलबार राज्यविरुद्धको कसुरमा पक्राउ परेकालाई १५ दिन र आपराधिक उपद्रवको कसुरमा पक्राउ परेकालाई २० दिन म्याद थप भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपीलराज बोहराले जानकारी दिए । राज्यविरूद्धको कसुरमा पक्राउ परेका रविन्द्र मिश्र, सांसद धवलशम्शेर राणासहित २० जनालाई १५ दिनको म्याद थप भएको छ । मिश्र र राणासहितका २० आरोपितलाई राज्यविरुद्धको कसुरमा मुद्दा चलाइएको छ । उनीहरूलाई तेस्रो पटक १५ दिन हिरासतमा राख्न जिल्ला न्यायाधीश विष्णुप्रसाद उपाध्यायले अनुमति दिएका हुन् ।
यस्तै आपराधिक उपद्रवमा ५३ जनालाई थप २० दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । उनीहरूले चैत १५ गते तीनकुनेमा दुर्गा प्रसाईंको नेतृत्वमा प्रदर्शन गर्दा व्यक्ति तथा सरकारी सम्पत्तिमा आगजनी तथा तोडफोड गरेका थिए । उनीहरूविरुद्ध राज्यविरुद्धको कसुर र संगठित अपराधको कसुरमा मुद्दा चलाइएको छ । गत चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनमा दुई जनाको ज्यान समेत गएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे