
काठमाडौँ , फागुन २१। नेपालमा यस वर्षको फ्लू ९इन्फ्लुएन्जा० का लक्षण लामो समयसम्म देखिएको छ। सामान्यतयाः मौसमी रुघाखोकी एक हप्तामा निको हुने भए पनि यसपटक कति व्यक्तिमा दुई हप्तासम्म खोकी र अन्य लक्षण देखिएका छन्। चिकित्सकहरूले फ्लूका लक्षणमा ज्वरो, खोकी, मांसपेशी दुखाइ, टाउको दुखाइ, र घाँटी दुख्ने जस्ता समस्याहरू थप देखिएको बताएका छन्।
फ्लूको कारण श्वासप्रश्वास प्रणालीमा सङ्क्रमण र निमोनियाको खतरा हुने विशेषज्ञहरूको भनाइ छ। संक्रमणको जोखिम उच्च भएका व्यक्तिहरूमा फ्लूका जटिलताहरू गम्भीर हुन सक्छ। यसका साथै, मौसम परिवर्तन र वायु प्रदूषणले पनि फ्लूको जोखिम बढाएको छ। विशेषज्ञहरूले फ्लूबाट बच्न मास्क लगाउन, सरसफाइमा ध्यान दिन, र फ्लूविरुद्धको खोप लगाउन सल्लाह दिएका छन्। डब्लूएचओका अनुसार, विश्वभर प्रत्येक वर्ष ३० लाखदेखि ५० लाख फ्लूका केस र लगभग २ लाख ९० हजारदेखि ६ लाख ५० हजार मृत्यु हुने गर्दछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे