
काठमाडौं , १८ फागुन । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०को प्रमुख कार्यकारी अधिकृत ९सीईओ० नियुक्तिका लागि गठित सिफारिस समितिले आवेदन दिने म्याद सात दिन थप गरेको छ। अब इच्छुक उम्मेदवारहरूले फागुन २५ गतेसम्म आवेदन दिन सक्नेछन्। समितिले फागुन १२ गते सूचना प्रकाशित गर्दै १८ गतेसम्म आवेदन मागेको थियो, तर तीन दिन सार्वजनिक बिदा परेको कारण म्याद थप गरिएको जनाएको छ।
सीईओ पदका लागि आवेदन दिने इच्छुक नेपाली नागरिकले अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा आवेदन दिनुपर्नेछ। सिफारिस समितिको संयोजक सहसचिव सेवन्तक पोखरे, सदस्यमा सहसचिव अमृत लम्साल र डा। खोमराज खरेल रहेका छन्।
सीईओ नियुक्तिका लागि उम्मेदवारले अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्तशास्त्र, व्यवस्थापन, सूचना प्रविधि, वाणिज्य वा कानुनको क्षेत्रमा स्नातकोत्तर या चार्टर्ड एकाउन्टेन्सी वा सोसरहको उपाधि प्राप्त गर्नु अनिवार्य छ। साथै, पुँजीबजार वा वित्त क्षेत्रमा कम्तीमा ७ वर्षको उच्च व्यवस्थापकीय अनुभव र ३० वर्ष पुरा गरिसकेको उम्मेदवार हुनुपर्नेछ।
सिफारिस समितिले उम्मेदवारको शैक्षिक योग्यताको १२ अंक, कार्ययोजनामा ४० अंक, प्रस्तुतीकरणमा १८ अंक र अन्तर्वार्तामा ३० अंक दिनेछ। कृष्णबहादुर कार्कीको कार्यकाल माघ २५ गते समाप्त भएपछि नेप्से सीईओविहीन छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे