
काठमाडौं १८ फागुन । सङ्घीय संसदअन्तर्गत राष्ट्रियसभा बैठक आइतबार बस्ने भएको छ। आज १२स्१५ बजे सुरु हुने बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले विषयगत समिति सदस्यहरुको हेरफेर गर्ने छन् । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘बैंकिङ कसुर तथा सजाय ९दोस्रो संशोधन० विधेयक, २०८०’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश हुनेछ।
कानुन मन्त्री अजय कुमार चौरसियाले ‘नेपाल कानुन व्यवसायी परिषद् ९दोस्रो संशोधन० विधेयक, २०८१’ छलफल तथा पारित गर्न प्रस्ताव गर्ने छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘भ्रष्टाचार निवारण ९पहिलो संशोधन० विधेयक, २०७६’ मा प्रतिनिधिसभाको संशोधनलाई सहमति दिने प्रस्ताव पेश गर्ने छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे