
स्याङ्जा, – स्याङ्जा जिल्लाका प्रमुख जिल्ला अधिकारी सुनिता नेपाललाई गल्याङ नगरपालिकाको कार्यालयमा स्वागत गरिएको छ।
परिचयात्मक कार्यक्रमबाट सुरू भएको उक्त कार्यक्रममा विभिन्न समसामयिक विषयमा अन्तरक्रिया गरिएको थियो। मौसम परिवर्तनसँगै आउन सक्ने सम्भावित विपद्को पूर्वतयारी, बजार व्यवस्थापन तथा सुरक्षा जस्ता विषयमा गहन छलफल गरिएको थियो।
नगर प्रमुख गुरु प्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शाखा प्रमुखहरू, जिल्ला स्तरीय अधिकारीहरू तथा अन्य प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे