
काठमाडौँ । पश्चिमी वायू र स्थानीय वायूको प्रभावले अहिले देशका विभिन्न स्थानमा आंशिकदेखि साधारणतया बदली देखिएको छ। कोशी प्रदेश र अन्य पहाडी भू–भागमा मौसम बदली रहेको छ भने, तराईका केही स्थानमा हुस्सु लागेको छ। आज दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ, बाँकी भू–भागमा मौसम प्रमुखत: सफा हुनेछ।
ती प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षा र चट्याङसहित वर्षाको सम्भावना छ। उच्च पहाडी र हिमाली भू–भागमा हल्का हिमपातको पनि सम्भावना रहेको छ। राति कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ, अन्य भू–भागमा मौसम सफा रहनेछ। यस्तै, केही स्थानमा चट्याङसहित हल्का वर्षा र उच्च भू–भागमा हिमपातको सम्भावना रहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे