
काठमाण्डौँ , ११ फागुन । फुङलिङमा शनिबार साँझ सुरक्षाकर्मी र नो केबलकार पक्ष बीच भएको झडपमा कम्तीमा २४ जना घाइते भएका छन्। घाइतेहरूमा १२ जना सुरक्षाकर्मी र १२ जना आन्दोलनकारी रहेका छन्। चार जनालाई थप उपचारको लागि ताप्लेजुङ जिल्लाबाहिर रेफर गरिएको छ। प्रहरीले १५ जनालाई हुलहुज्जतको आरोपमा नियन्त्रणमा लिएको जनाएको छ। स्थिति नियन्त्रण गर्न अश्रु ग्यास प्रहार गरिएको पनि प्रहरीका अनुसार जानकारी प्राप्त भएको छ। आन्दोलनरत पक्षले भने सुरक्षाकर्मीले राति आन्दोलनकारीको घर र होटलमा छापामारी गर्दै कुटपिट र धरपकड गरेको आरोप लगाएका छन्।
आन्दोलनका अगुवा कीर्तिमान मादेनले सुरक्षाकर्मीको कुटपिट र तोडफोडको कुरा गर्दै यस घटनाले थप तनाव उत्पन्न गरेको बताएका छन्। यस घटनापछि, स्थानीय प्रशासनले फुङलिङ र पाथीभरा क्षेत्रका काफ्लेपाटी र बलुडाँडामा निषेधाज्ञा जारी गरेको छ। यस झडपसँगै स्थिति तनावपूर्ण बनेको छ। नो केबलकार पक्षले फागुन ६ देखि ८ गतेसम्मको पदयात्रा सकाएर राँके जुलुस र प्रदर्शनमा उत्रिएको थियो, जसको कारण झडप सुरु भएको स्थानीय स्रोतले बताएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे