
काठमाण्डौँ , ११ फागुन । हाल देशमा पश्चिमी वायूको प्रभाव रहेको छ, जसका कारण कोशी प्रदेशलगायतका पहाडी भु–भागमा आंशिक प्रभाव देखिएको छ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम प्रायः सफा रहेको छ। तराईका केही स्थानहरूमा हुस्सु लागेको मौसम देखिएको छ।
आज दिउँसो कोशी प्रदेश र अन्य पहाडी भु–भागमा आंशिकदेखि सामान्य बदली रहन सक्छ भने बाँकी क्षेत्रमा मौसम सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही स्थानहरूमा मेघ चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। त्यस्तै, उच्च पहाडी र हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना पनि छ।
आज राती पनि देशका पहाडी क्षेत्रहरूमा मौसम आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी स्थानहरूमा मौसम प्रायः सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रहरूमा हल्का हिमपात हुने सम्भावना रहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे