
तनहुँ, – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिद, बेपत्ता तथा घाइतेका परिवारहरूको पार्टीले उचित मूल्याङ्कन गर्ने बताएका छन्।
तनहुँको शुक्लागण्डकी नगरपालिका–२ हलेदीस्थित सहिद पार्कमा आयोजित भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले सहिदहरूको योगदानकै कारण मुलुक हालको अवस्थामा आइपुगेको उल्लेख गर्दै उक्त योगदान बिर्सिन नहुने धारणा व्यक्त गरे।
बेपत्ता तथा अपाङ्गता भएका व्यक्तिहरूलाई पार्टीको पहलमा राष्ट्रिय सम्मान दिइएको जानकारी गराउँदै उनले अझै थप प्रोत्साहन र योगदानको उचित कदर आवश्यक रहेको बताए।
उनका अनुसार पछिल्लो समय पार्टीले यस्ता परिवारहरूसँगको भेटघाट अभियानलाई तीव्र बनाएको छ। यस कार्यलाई जिल्ला, प्रदेशलगायत सबै क्षेत्रमा सञ्चालन गर्न पार्टीका नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरिएको छ।
सहिद पार्कलाई व्यवस्थित बनाउन सरकारका तर्फबाट आवश्यक बजेट विनियोजन गराउने विषयमा पहल गर्ने प्रतिबद्धता अध्यक्ष दाहालले व्यक्त गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे