
काठमाडौं, फेब्रुअरी २१, २०२५ – ओ.पी. जिंदल विश्वविद्यालय (ओपीजेयू) र लिंक वेभ ग्लोबल स्टडीबीच नेपालमा उच्च शिक्षाको प्रवर्द्धन गर्ने उद्देश्यले समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको छ।
समारोहका क्रममा ओपीजेयूका उपकुलपति डा. आर.डी. पाटीदारले विश्वविद्यालयले गुणस्तरीय शिक्षामा केन्द्रित रहँदै अन्तर्राष्ट्रिय विद्यार्थीहरूको उच्चतम हेरचाह गर्ने तथा आफ्नै उद्योगमा रोजगारीको अवसर प्रदान गर्ने प्रतिबद्धता जनाएको बताउनुभयो। उहाँले विश्वविद्यालयले औद्योगिक सम्बन्ध मजबुत बनाउँदै विद्यार्थीहरूलाई व्यवहारिक ज्ञान प्रदान गर्दै आएको स्पष्ट पार्नुभयो।
लिंक वेभ ग्लोबल स्टडीका कार्यक्रम निर्देशक कपुर थापाले ओपीजेयूलाई नेपालमा प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गर्दै उक्त साझेदारीले नेपाली विद्यार्थीहरूलाई उत्कृष्ट शैक्षिक तथा औद्योगिक अवसरहरू प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार दुबै संस्थाले एकअर्कालाई परिपूरक बनाउँदै विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा तथा रोजगारीका अवसरहरू उपलब्ध गराउने लक्ष्य राखेका छन्।
ओपीजेयू इन्जिनियरिङ, व्यवस्थापन, विज्ञान तथा प्रविधि जस्ता पाठ्यक्रमहरूका लागि प्रख्यात रहँदै आएको छ। साथै, विश्वविद्यालयका आफ्नै उद्योगहरूसँग प्रत्यक्ष सम्बन्ध रहेकोले विद्यार्थीहरूले अध्ययनकै क्रममा व्यावहारिक तालिम तथा रोजगारीका अवसरहरू प्राप्त गर्दै आएका छन्।
यस समझदारीबाट नेपाली विद्यार्थीहरूलाई उच्च शिक्षा, व्यावसायिक तालिम तथा रोजगारीका अवसरहरूमा सहज पहुँच सुनिश्चित हुने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे