
काठमाडौँ , ९ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले भाषा संरक्षण र प्रवद्र्धनको महत्त्व बताएका छन् । शुक्रबार काठमाडौंमा भाषा प्रयोगशाला उद्घाटन समारोहमा उनले नेपालमा १३१ भाषा रहेको र अझै थप भाषा हुनसक्ने उल्लेख गरेका छन् । उनका अनुसार, भाषा आयोगको प्रमुख कर्तव्य भाषाको संरक्षण र संवर्धन गर्नु हो। मन्त्री पाण्डेले भाषा आयोगलाई सम्पूर्ण नेपालमा बोलिने भाषाको अभिभावकत्व लिन र तिनीहरूको संरक्षणमा काम गर्नुपर्ने आवश्यकता जोड दिए।
मन्त्रीले संघीय भाषा ऐन बनाउन मन्त्रालयले पहल गरिरहेको र कानून मन्त्रालयमा सो ऐन पुगेको बाए। उउनले भने , विकसित भाषा त विकसित भएका छन्, तर जो भाषाहरूको संरक्षण आवश्यक छ, ती भाषा आयोगले जोगाउने छ। उनले भाषा दशकको अवधिमा भाषा आयोग, युनेस्को र मन्त्रालयको सहकार्य महत्त्वपूर्ण हुने पनि बताए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे