
काठमाडौँ , ८ फागुन । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य अस्पतालबाट डिस्चार्ज भएका छन् । पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणको समयमा बेलुन फुटेर उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल र प्रमुख आचार्य घाइते भएका थिए ।
उनी बिहीबार अपराह्न अस्पतालबाट डिस्चार्ज भएका हुन् । अर्थमन्त्री पौडेल तीन दिन अघिनै डिस्चार्ज भइसकेका छन् । उनले सामाजिक सञ्चाल फेसबुकमार्फत आफु अस्पतालबाट डिस्चार्ज भएको जानकारी दिएका छन् । साथै उनले उपचारमा संलग्न गण्डकी मेडिकल कलेज पोखरा, फिस्टेल अस्पताल पोखरा, कीर्तिपुर अस्पताल काठमाडौँ, स्वास्थ्यकर्मी तथा सम्पूर्ण अस्पताल परिवारलाई हृदयदेखि आभार व्यक्त गरेका छन् ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे