
काठमाडौँ, ८ फागुन। वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले आफूहरुविरुद्ध सामाजिक सञ्जालमा चलिरहेको भ्रामक प्रचारको खण्डन गरेका छन्। उनीहरूले सामाजिक सञ्जालमा एक भिडियो सन्देश मार्फत स्पष्ट पारेका छन् कि दातृ निकाय अमेरिकी सहयोग नियोग यूएसएडकोबाट प्राप्त अनुदानमा आफूहरूले बनाएका कार्यक्रमहरूमा कुनै पनि धर्मको विरोध वा पक्षपोषण नगरेको उल्लेख गरेका छन्।
कसैले सामाजिक सञ्जालमा मह जोडीले हिन्दू धर्मविरुद्ध कार्यक्रम बनाएको भन्दै आलोचना गरेका छन्, जसको खण्डन गर्दै हरिवंश आचार्यले भने, “हामीले कुनै पनि धर्मको विरोध गरेका छैनौं र अरु धर्म अपनाउन उक्साएका पनि छैनौं। यो साँचो कुरा होइन।”
उनीहरूले युट्युबमा रहेका विभिन्न कार्यक्रमहरूको उल्लेख गर्दै भने, “मदनबहादुर हरिबहादुर, आमा, असल लोग्ने जस्ता कार्यक्रमहरूमा काम गरेका थियौं, जुन सबै सार्वजनिक छन्।” साथै, आचार्यले पण्डित, नेता, पुलिस, डाक्टर, वकिललाई समेत व्यंग्य गर्न पाइन्छ भन्ने उल्लेख गर्दै धार्मिक आलोचना गर्न खोजिएको कुरा कपोलकल्पित भएको बताएका छन्।
यसै क्रममा उनले भने, “हामी निरन्तर काम गर्दै जानेछौं र यी भ्रामक प्रचारबाजीको विश्वास नगर्न नेपाली जनतालाई अनुरोध गर्दछौं।”
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे