
काठमाडौँ – केबीए ग्लोबल क्रिक्सल क्ल्यास २०२५ को रोमाञ्चक समापनसँगै गोल्डेन गेट इन्टरनेशनल कलेजले ८२ रनको फराकिलो जित दर्ता गर्दै उपाधि आफ्नो पक्षमा पार्न सफल भएको छ। फाइनल खेलमा क्यापिटल कलेज एण्ड रिसर्च सेन्टर (सीसीआरसी) लाई पराजित गर्दै टोलीले च्याम्पियन बन्ने गौरव हासिल गरेको हो।
१० ओभरको फाइनल खेलमा गोल्डेन गेट इन्टरनेशनल कलेजले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको थियो। टोलीका कप्तान अथर्व पौडेलको उत्कृष्ट ८६ रनको इनिङसको मद्दतले टोलीले १२९/४ को प्रतिस्पर्धात्मक स्कोर खडा गरेको थियो। १३० रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको सीसीआरसी ७ ओभर भित्रै ४८ रनमै अल आउट हुन पुगेको थियो।
प्रतियोगितामा विजेता बनेको गोल्डेन गेट इन्टरनेशनल कलेजले नगद पुरस्कारस्वरूप रु ४५,००० प्राप्त गरेको छ भने उपविजेता सीसीआरसीले रु २०,००० जितेको छ। नेपालभरका २० उत्कृष्ट कलेजहरूको सहभागितामा सम्पन्न प्रतियोगितामा खेलाडीहरूले उल्लेखनीय प्रदर्शन गरेका थिए। अथर्व पौडेललाई उत्कृष्ट प्रदर्शनका आधारमा प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी तथा सर्वश्रेष्ठ ब्याट्सम्यान घोषित गरिएको छ। उनले ४ खेलमा १५६ रन बनाएका थिए। त्यस्तै, हिमाल सञ्जयलले ५ खेलमा ९ विकेट लिएर सर्वश्रेष्ठ बलरको उपाधि जितेका थिए।
यस प्रतियोगिताको औपचारिक समापन केबीए ग्लोबल एजुकेसन एण्ड माइग्रेसनका निर्देशक, प्रमुख कार्यकारी अधिकृत तथा दर्ता माइग्रेसन एजेन्ट श्री शम्भु कँडेलद्वारा सम्पन्न गरिएको थियो। केबीए ग्लोबलले विजेता टोलीलाई बधाई ज्ञापन गर्दै सम्पूर्ण सहभागी टोली, खेलाडी तथा आयोजकलाई सफल प्रतियोगिताका लागि धन्यवाद व्यक्त गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे