
काठमाडौँ , ८ फागुन । हाल देशभर पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव देखिएको छ। यसले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदलीको मौसम ल्याएको छ भने, अन्य प्रदेशहरूमा मौसम मुख्यतया सफा रहेको छ। तराईका केही स्थानमा हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी क्षेत्रहरूमा आंशिकदेखि साधारणतया बदली रहनेछ। यी स्थानहरूमा एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षा र उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ। देशका अन्य उच्च पहाडी क्षेत्रहरूमा पनि हल्का हिमपातको सम्भावना रहेको छ।
आज राती, सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहनेछ, जबकि अन्य पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे