
काठमाडौँ , ७ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारत जाने भएका छन्। उनले उत्तरप्रदेशको प्रयागराजमा आयोजित महाकुम्भको अवसरमा भारत यात्रा गर्ने भएका हुन्।
इण्डिया फाउण्डेसनले आयोजना गर्ने ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबिलीटी’ कार्यक्रममा प्रमुख वक्ताको रूपमा देउवा सहभागी हुन लागेका हुन्। यो कार्यक्रम शुक्रवार र शनिबार प्रयागराजमा आयोजना हुने छ।
कार्यक्रममा उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ पनि सहभागी हुनेछन्। समिटमा अन्य विभिन्न राष्ट्रका वक्ताहरूलाई पनि आमन्त्रण गरिएको छ। कुम्भ मेला ४५ दिन चल्नेछ र १४ फागुनमा समाप्त हुनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे