
काठमाडौँ , ७ फागुन । पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन समारोहमा पड्किएको बलुनमा ग्यास भर्ने भारतीय नागरिक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीले ग्यास भरेका ४१ वर्षीय कमलेस कुमारलाई पक्राउ गरेको जनाएको छ। प्रहरीका अनुसार, कमलेस कुमारलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ।
गतिको शनिवार पोखरा प्रदर्शनी केन्द्रमा पोखरा भ्रमण वर्ष उद्घाटन गर्दा बलुनमा आगोको झिल्को लागेर पड्किएको थियो। यस घटनामा अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते भएका थिए। घाइते अर्थमन्त्री पौडेल भने डिस्चार्ज भइसकेका छन्, जबकि मेयर आचार्यको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे