
काठमाडौँ, ७ फागुन । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज पनि जारी छ। हिजो सुरु भएको बैठकले आज पनि निरन्तरता पाउने भएको हो। हिजोको बैठकमा अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन पारित गरिएको थियो। बैठकले उक्त प्रतिवेदनसहित सात वटा प्रस्तावलाई अनुमोदन गरेको छ। फागुन ८ गते बिहीबार उक्त प्रतिवेदन केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरिने जानकारी प्राप्त भएको छ।
बैठकमा नियमावली निर्देशिका, आचारसंहिता, दशौँ राष्ट्रिय महाधिवेशनको समीक्षा, सरकारले ल्याएको अध्यादेश, प्रकृति लम्सालको मृत्यु प्रकरणसहितका समसामयिक प्रस्तावहरू पारित गरिएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे