
काठमाडौँ, ७ फागुन। आज ७५औं ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ देशभर विभिन्न कार्यक्रमहरूको आयोजना गरी मनाइँदैछ। यस अवसरमा मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरिएको छ, जहाँ राष्ट्रपति रामचन्द्र पौडेलले सहभागी हुने कार्यक्रम रहेको छ। कार्यक्रममा प्रजातन्त्रको स्थापना निम्ति गरेको संघर्षमा आफ्नो जीवन अर्पण गरेका ज्ञातअज्ञात शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरिने छ।
यस वर्षको प्रजातन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना हुने छ। यस कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधान न्यायाधीश, सभामुख, जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, सार्वजनिक तथा सामुदायिक संघसंस्था, शैक्षिक र प्राज्ञिक प्रतिष्ठानका प्रमुख, साथै नागरिक समाजका प्रतिष्ठित व्यक्तित्वहरूको सहभागिता रहने छ।
समारोहका अन्य आकर्षणहरूमा सेनाको हेलिकोप्टरबाट ‘राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१’ अंकित व्यानर चक्रपथ वरिपरि प्रदर्शन गरिने छ। साथै, नेपाली सैनिक मञ्च, टुँडिखेलमा हेलिकोप्टरबाट पुष्पवृष्टि र झण्डा प्रदर्शन गर्ने कार्यक्रम पनि आयोजना गरिने छ।
नेपालको इतिहासमा २००७ फागुन ७ गते जहानियाँ राणा शासनको अन्त्य र प्रजातन्त्रको स्थापनाको महत्वपूर्ण दिनका रूपमा लिइन्छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे