
काठमाडौँ , ६ फागुन । नेपालका परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतीय विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युपछि उत्पन्न परिस्थितिलाई निरन्तर ‘फलोअप’ गरिरहेको जानकारी दिएका छन्। ओडिसा स्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयको होस्टेलमा घटित घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीले दुई वरिष्ठ अधिकारीलाई घटनास्थलमा पठाएको छ। भारतीय सुरक्षाकर्मी र विश्वविद्यालय प्रशासनसँग समन्वय गर्दै परराष्ट्र मन्त्रालयले नेपाली विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्न कदम चालेको छ।
परराष्ट्रमन्त्री डा. देउवाले कलेज प्रशासनले विद्यार्थीलाई होस्टेलमा फर्कन आग्रह गरेको र दुर्व्यवहार गर्ने ‘स्टाफ’लाई कारबाही गरिएको जानकारी दिएका छन्। नेपाली दूतावास दिल्लीले भारतीय सुरक्षा अधिकारीहरूसँग मिलेर आवश्यक पहल गरिरहेको छ। सरकारले घटनामा संलग्न व्यक्तिको जिम्मेवारी निर्धारण गर्नका लागि थप अनुसन्धान र समन्वय गर्दै काम जारी राख्ने बताइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे