
काठमाडौँ , ६ फागुन । भारतको ओडिसामा रहेको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी ९केआईआईटी० विश्वविद्यालयले नेपाली विद्यार्थीलाई कक्षामा फर्किन आग्रह गरेको छ। विश्वविद्यालय प्रशासनले हालै एक अपील जारी गर्दै नेपाली विद्यार्थीलाई कक्षामा सहभागी हुन भनेको हो। यसअघि, एक दुर्भाग्यपूर्ण घटनापछि नेपाली विद्यार्थीलाई अस्थायी रूपमा क्याम्पस छोड्न लगाइएको थियो।
यद्यपि, विश्वविद्यालयले पछि प्रतिबन्ध फुकुवा गर्दै विद्यार्थीलाई होस्टेल फर्किन र अध्ययन जारी राख्न अनुरोध गरेको छ। बी(टेक तेस्रो वर्षका एक नेपाली छात्रा, जसको मृत्युसँग भारतीय विद्यार्थीको दुर्व्यवहार जोडिएको थियो, पछि आत्महत्या गरेको आशंका गरिएको छ। यसको विरोधमा नेपाली विद्यार्थीहरूले प्रदर्शन गरेका थिए।
नेपालमा रहेको भारतीय राजदूतावासले घटनाप्रति दुःख व्यक्त गर्दै सुरक्षा सुनिश्चित गर्न पहल भइरहेको जानकारी दिएको छ। यसैगरी, नेपाली दूतावासले घटनाको निष्पक्ष छानबिनको माग गरेको छ। विश्वविद्यालय प्रशासनले स्थानीय अधिकारीसँग मिलेर घटनाको छानबिन गरिरहेको र नेपाली विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ। केआईआईटी कलेजले बुधबार जारी गरेको विज्ञप्तिमा दुई वरिष्ठ होस्टेल अधिकारीहरू र अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालयका एक वरिष्ठ प्रशासनिक अधिकारीलाई पनि पूर्ण अनुसन्धानको लागि निलम्बन गरिएको उल्लेख छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे