
काठमाडौँ , ६ फागुन । आजको मौसम पूर्वानुमान अनुसार कोशी, मधेश, बागमती, र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ। देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहेको हुँदा, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।
महाशाखाले जनाएको छ कि कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रमा र बागमती प्रदेशको उच्च पहाडी भूभागका एक(दुई स्थानमा हल्का हिमपात हुन सक्छ।
बिहानीको समयमा तराईका केही क्षेत्रमा हुस्सु वा कुहिरो लाग्ने सम्भावना छ, जसले दैनिक जनजीवन, स्वास्थ्य, सडक र हवाई यातायातमा आंशिक प्रभाव पार्न सक्छ। यसलाई ध्यानमा राख्दै, विभागले सतर्कता अपनाउन र सम्भावित समस्याबाट बच्न उपायहरू खोज्न अनुरोध गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे