
काठमाडौँ , ५ फागुन । पोखरा भ्रमण वर्षका क्रममा बेलुन पड्किएर घाइते भएका उपप्रधानमन्त्री र अर्थमन्त्री विष्णुप्रसाद पौडेल कीर्तिपुर अस्पतालबाट घर फर्किइका छन् । उनी दुई दिनदेखि अस्पतालमा उपचार गराइरहनु भएका थिए। अस्पतालले जानकारी दिएको अनुसार पौडेलको जलनको घाउ निको हुँदै गएको र फोक्सोमा कुनै खराब असर नपरेको कारण उनलाई आज डिस्चार्ज गरिएको हो।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्था सामान्य हुँदै गएको भए पनि उनलाई थप केही दिन अस्पतालमा राखिने बताइएको छ। मेयर आचार्यको उच्च रक्तचापको समस्या रहेकोले हृदयरोग विशेषज्ञसँग परामर्श भइरहेका छन्। अस्पतालले मेयरसँग भेटघाटको प्रक्रिया पनि रोकिएको जानकारी दिएको छ, ताकि सङ्क्रमणको जोखिम कम गर्न सकियोस्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे