
काठमाडौं। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायू र पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जानकारी दिएको छ।
महाशाखाका अनुसार, वर्तमानमा कोशी प्रदेशसहित देशका पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ, जबकि बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा देखिन्छ। तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ।
आज दिउँसो, देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ भने, उच्च पहाडी र हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे