
काठमाडौँ , ३ फागुन । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आज देशभर बादल लागेका छन्, जसका कारण आज दिनभर बढी जाडो महसुस भइरहेको छ। पहाडी जिल्लाहरूमा पानी पर्ने सम्भावना छ भने उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना पनि रहेको छ।
पश्चिमी वायुको प्रभाव गएरातिदेखि नेपालमा परेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। गत २४ घण्टामा गण्डकी र कोशी प्रदेशका केही स्थानहरूमा पानी परेको छ। सुदूरपश्चिमका डडेलधुरा र कैलालीका केही स्थानमा पनि हल्का पानी परेको छ। काठमाडौं उपत्यकामा आज बिहानदेखि बादल लागेपनि वर्षाको सम्भावना न्यून रहेको मौसमविद्हरूले बताएका छन्।
भोलि बिहानदेखि भने मौसम क्रमशः सफा हुँदै जानेछ। हिमाली क्षेत्रमा आंशिक बदली रहने र एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ, तर घाम लाग्ने भएकाले जाडो कम महसुस हुनेछ। पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ, तर तापक्रम बढ्नेछ। तराई क्षेत्रमा भने मौसम सफा रहने सम्भावना रहेको महाशाखाले जनाएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे