
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले नेपाल बाल सङ्गठनको जग्गा भाडामा लगाउँदा भएको अनियमिततासम्बन्धी अनुसन्धान मिसिलको प्रतिलिपि सात दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको छ।
आयोगले उच्च सरकारी वकिल कार्यालय पाटन र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँलाई निर्णयको प्रतिलिपि तथा केन्द्रीय अनुसन्धान ब्यूरो, महाराजगञ्जलाई अनुसन्धान मिसिलको प्रतिलिपि उपलब्ध गराउन पत्राचार गरेको जनाएको छ।
आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले आयोगले स्वविवेकीय क्षेत्राधिकार प्रयोग गर्दै घटनाको छानबिन तथा अनुसन्धान प्रारम्भ गरिसकेको र सोहीअनुसार मिसिलको प्रतिलिपि माग गरिएको जानकारी दिएका छन्।
यसअघि बाल सङ्गठनकी तत्कालीन अध्यक्ष रीता सिंह वैद्यको संलग्नता रहे पनि सत्ता र शक्तिको आडमा मुद्दा नचलाउने निर्णय जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँले गरेको पाइएको थियो। सो निर्णयपछि आयोगले स्वतः अनुसन्धान प्रक्रिया अघि बढाएको जनाइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे