
काठमाडौँ, २ फागुन । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ। बोर्डले शुक्रबार गोरखापत्रमार्फत सूचना जारी गर्दै उक्त तालिका सार्वजनिक गरेको हो। तालिका अनुसार कक्षा १२ को परीक्षा आगामी २०८२ वैशाख ११ गतेदेखि सुरु हुनेछ। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने बताइएको छ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे