
काठमाडौँ , १ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि र पशुपन्छी विकास मन्त्रालयलाई रासायनिक मलको अभाव रोक्न र कालोबजारी नियन्त्रण गर्न ठोस योजना अघि बढाउन निर्देशन दिएका छन्। उनले बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ब्रिफिङ गर्दै मल आपूर्ति र वितरणलाई छिटो र पारदर्शी बनाउने तयारी गर्न आग्रह गरे।
प्रधानमन्त्री ओलीले स्वदेशमै मल उद्योग स्थापना र प्राङ्गारिक मलको प्रयोगमा प्राथमिकता दिने नीति ल्याउन पनि निर्देशन दिए। उनले रासायनिक मलका लागि समयमै बोलपत्र गर्न र वितरण प्रक्रियालाई तिव्र र सहज बनाउन आग्रह गरे। मन्त्रालयका अनुसार, २७ अर्ब ९५ करोड विनियोजन गरिएको मलमा हालसम्म २ लाख ४० हजार मेट्रिक टन आयात भइसकेको छ।
प्रधानमन्त्री ओलीले कृषिको आधुनिकीकरण गर्दै उत्पादकत्व बढाउने नीति बनाउन र अनावश्यक संरचनाहरू हटाएर स्रोत साधनको उपयोगिता बढाउन पनि सुझाव दिनुभयो। आगामी मार्चमा काठमाडौंमा हुने बिमस्टेक कृषिमन्त्रीस्तरीय बैठकको तयारीमा पनि प्रभावकारी र वस्तुगत सहभागिता सुनिश्चित गर्न निर्देशन दिए।
बैठकमा कृषि लगानी दशक, राष्ट्रिय कृषि नीति, कृषि विधेयक, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लगायतका विषयमा छलफल भएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे