
काठमाडौँ , १ फागुन । देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। अहिले कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रहरूमा आंशिक बदली देखिन्छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ। देशका मध्य र पूर्वी तराईका केही क्षेत्रहरूमा हुस्सु र कुहिरो लागेको छ।
आज दिउँसो, कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली हुनेछन् र अन्य भागमा मौसम सफा रहनेछ। यी प्रदेशहरूको उच्च पहाडी र हिमाली क्षेत्रहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
राति पनि कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली हुने र बाँकी भू–भागमा मौसम सफा रहने अनुमान गरिएको छ। बिहानीपख तराईका केही क्षेत्रहरूमा हुस्सु वा कुहिरो लाग्ने सम्भावना छ। यसको प्रभावले जनजीवन, स्वास्थ्य, सडक र हवाई यातायातमा आंशिक असर गर्न सक्छ। त्यसैले महाशाखाले सतर्कता अपनाउन अनुरोध गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे