
ललितपुर, नेपाल – अपग्रेड जिएसपी नेपाल पार्टनर्स मिट & नेटवर्किङ इभेन्ट २०२५ फेब्रुअरी ११ मा होटल हिमालय, ललितपुरमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको प्रमुख उद्देश्य शैक्षिक साझेदारीलाई मजबुत बनाउनु, शैक्षिक अवसरहरूको बारेमा जानकारी आदान-प्रदान गर्नु र अध्ययनका नयाँ सम्भावनाहरू अन्वेषण गर्नु रहेको थियो। कार्यक्रममा अन्तर्राष्ट्रिय शैक्षिक संस्थाका प्रतिष्ठित प्रतिनिधिहरू, उद्योग विशेषज्ञहरू र रिक्रूटमेन्ट व्यवसायीहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको उद्घाटन अपग्रेड जिएसपी नेपालका देशीय निर्देशक श्री अनिल श्रेष्ठले स्वागत मन्तव्य दिनुका साथ भएको थियो। त्यसपछि, नेपालका लागि अस्ट्रेलियाली राजदूत महामहिम लिआन जोनस्टनले पानस प्रज्वलन गरी कार्यक्रमको औपचारिक शुभारम्भ गर्नुभयो। कार्यक्रमको आरम्भ नेपाल र अस्ट्रेलियाका राष्ट्रिय गान बजाएर दुई देशबीचको शैक्षिक सहकार्यको सम्मान गर्दै गरिएको थियो।
जिएसपी कर्पोरेटका चिफ ग्रोथ अफिसर श्री अली बटले शैक्षिक साझेदारीको महत्त्व र विदेश अध्ययन प्रक्रियामा यस्ता कार्यक्रमहरूको आवश्यकता रहेको बारेमा कुरा गर्नुभयो।
महामहिम लिआन जोनस्टनको सम्बोधन यस कार्यक्रमको प्रमुख आकर्षणको रूपमा रहेको थियो। उहाँले अस्ट्रेलियाली शिक्षा प्रणाली, अन्तर्राष्ट्रिय विद्यार्थी नीतिहरू र नेपाली विद्यार्थीहरूका लागि आवश्यक भर्ना मापदण्डहरूको बारेमा महत्वपूर्ण जानकारी प्रस्तुत गर्नुभयो। उहाँको सम्बोधनले विदेश अध्ययन गर्ने विद्यार्थीहरूका लागि शैक्षिक साझेदारीको महत्त्वलाई अझ स्पष्ट पारेको थियो।
कार्यक्रमको दोस्रो चरणमा विभिन्न शैक्षिक संस्थाका प्रतिनिधिहरूले आफ्ना शैक्षिक कार्यक्रमहरू, छात्रवृत्ति अवसरहरू, विद्यार्थी भर्ना प्रक्रिया र अन्य सुविधाबारे जानकारी प्रस्तुत गरे। प्रमुख वक्ताहरूमा युनिभर्सिटी अफ न्युक्यासलका क्षेत्रीय प्रबन्धक डोली भाटिया, युनिभर्सिटी अफ वेस्ट अफ स्कटल्याण्डका व्यापार विकास प्रबन्धक पंकज चौधरी, क्यापलान बिजनेस स्कूलकी सहायक बजार प्रबन्धक श्वेता मैनाली, TAFE NSW की कन्भर्सन म्यानेजर रश्मी सुवेदी, युनिभर्सिटी क्यानडा वेस्टका वरिष्ठ व्यापार विकास प्रबन्धक नेत्रप्रसाद कोईराला र कन्कोर्डिया युनिभर्सिटी तथा LIM कलेजका व्यापार विकास प्रबन्धक सुर्यदीप घताने रहेका थिए।
यी वक्ताहरूले विश्वविद्यालयका विशेष कार्यक्रमहरू, अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि उपलब्ध अवसरहरू, अध्ययन वातावरण र भर्ना प्रक्रियाबारे विस्तृत जानकारी दिएका थिए।
कार्यक्रमको अन्तिम चरणमा, सहभागी प्रतिनिधिहरूलाई सम्मान प्रदान गरियो र समूह फोटो सेसन सम्पन्न भयो। त्यसपछि बफे लन्च तथा नेटवर्किङ कार्यक्रमको आयोजना गरियो, जसमा सहभागीहरूबीच सहकार्यका अवसरहरूमा थप छलफल र विचार-विमर्श गरिएको थियो।
समग्रमा, अपग्रेड GSP नेपाल पार्टनर्स मिट & नेटवर्किङ इभेन्ट २०२५ अत्यन्त सफल भएको थियो, जसले नेपाली विद्यार्थीहरूका लागि अन्तर्राष्ट्रिय शिक्षा अवसरहरूलाई अझ सरल र प्रभावकारी बनाउन सहयोग पुर्याएको छ। अपग्रेड GSP नेपालले शैक्षिक परामर्शदाता, विश्वविद्यालयहरू र विद्यार्थीहरूलाई सहकार्यको माध्यमबाट विश्वव्यापी अध्ययन अवसरहरू प्रदान गर्ने आफ्नो प्रतिबद्धता पुनः दोहोर्याएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे