
काठमाण्डौ। इंटरनेशनल एजुकेशन रिप्रेजन्टेटिभ इनिशिएटिव अफ नेपाल(IERIN) ले ६ फेब्रुअरी, २०२५ मा थमेलस्थित होटल बराही प्लाजा मा नेशनल एकेडेमी अफ प्रोफेसनल स्टडिज (NAPS) सँग एक विशेष अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरेको छ। यस कार्यक्रममा अष्ट्रेलियन उच्च शिक्षासँग सम्बन्धित साझेदारी, बजार रणनीति र अवसरहरूको बारेमा विस्तृत छलफल गरिएको थियो।
कार्यक्रमको सुरुआत IERIN का कार्यकारी सदस्य घनश्याम घिमिरेको स्वागत मन्तव्यबाट गरिएको थियो, जसमा उनले शैक्षिक क्षेत्रमा सशक्त साझेदारीको महत्त्वमा जोड दिएका थिए। EEVS नेपालका निर्देशक खेम सङ्ग्रौला ले NAPS सँगको आफ्नो अनुभव साझा गर्दै अष्ट्रेलियामा नेपाली समुदायको गौरव बढाउन NAPS टोलीको महत्वपूर्ण योगदानको चर्चा गरेका थिए।
त्यसपछि जुपिटर मिडियाका निर्देशक सुनील आचार्यले आफ्नो Destination Australia TV Show (२०२३) को अनुभव सुनाउँदै NAPS, AIHC, TKL र Western Sydney College लाई विशेष रूपमा प्रस्तुत गरेका थिए। उनले नेपाली पहिचानलाई विश्वमञ्चमा प्रवर्द्धन गर्न NAPS टोलीको योगदानको प्रशंसा गरेका थिए।
कार्यक्रमको समापन IERIN का अध्यक्ष हेमन्त भट्टराईले गरेका थिए। उनले NAPS टोली र सबै सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको सफलता सुनिश्चित गर्न योगदान पुर्याएकोमा उच्च मूल्यांकन गरेका थिए। साथै, उनले विशेष अतिथिहरूलाई प्रेमको चिनो (Token of Love) प्रदान गर्दै भविष्यमा अझ सशक्त सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए।
IERIN ले सबै सहभागीहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै अष्ट्रेलियाली उच्च शिक्षाका अवसरहरू प्रवर्द्धन गर्न आगामी दिनमा अझ प्रभावकारी कार्यक्रमहरू गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे